हेर्नुस्, शहीद दिवसका ७ तस्बिर

Radio Unity

फोटो ग्यालरी

काठमाण्डौ माघ १७ –  हिजो सहिद दिवस, मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका सहिदहरुको सम्झनामा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
प्रजातन्त्र स्थापनाका लागि विक्रम सम्वत् १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठले आफ्नो प्राणको आहुति दिएको सम्झनामा सहिद दिवस मनाउने गरिन्छ ।
सहिद दिवसमा प्रजातान्त्रिक आन्दोलनका अन्य योद्धाहरुको पनि स्मरण गरिएको छ ।


शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठ तथा अन्य ज्ञात÷अज्ञात सहिदहरुको बलिदानबाट नेपालमा १ सय ४ वर्ष लामो राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको थियो ।
प्रजातन्त्र स्थापनामा योगदान पु¥याएका सहिदहरुको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहको रुपमा मनाउने गरिएको छ । यसै अवसरमा आईताबार काठमाडांैको लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम गरिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सहिद स्मारकमा माल्यार्पण गरेर सहिद्हरुप्रति सम्मान प्रकट गरे ।
सरकारका मन्त्रीहरु, मुख्य सचिव, सचिवहरु, प्रधानसेनापति राजेन्द्र क्षेत्री, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल लगायतको कार्यक्रममा सहभागिता थियो । कार्यक्रममा नेपाली सेनाले सहिद्हरुको सम्मानमा सम्मान गारथ अर्पण गरेको थियो ।


सहिद दिवसकै अवसर पारेर काठमाडौंं महानगरपालिकाले पनि आईताबार विहान र्याली निकालेको थियो । ¥यालीमा नेपाल स्काउटसहितका सामाजिक संघ, संस्थाहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।


-रातोपाटी बाट