ON AIR..........

‘दौडिन्छ डडेल्धुरा’ को उपाधी सेनाका साउँदलाई(फोटो फिचरसहित)

IMG_0111

आशिष मल्ल/रेडियो युनिटी,डडेल्धुरा, चैत २९ । नयाँबर्ष २०७४ को बिशेष अवसरमा डडेल्धुरामा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा रातो गुराँस रिसोर्टको मुख्य प्रायोजनमा पर्यटकीय क्षेत्रहरुको पहिचान गराउने उद्देश्यले आयोजना गरिएको खुला हाफ म्याराथन प्रतियोगिताको उपाधी नविन साउँदले जितेका छन् ।

IMG_0086

प्रतियोगितमा मदन कार्की द्धितीय भएका छन् भने देव सिंह बोहराले तृतिय स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तृतिय हुनेलाई क्रमश नगद १६ हजार, आठ हजार र चार हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैगरि महिला तर्फ गौरी भट्टराई प्रथम हुनु भएको छ भने ममता भट्ट द्धितिय र राधा फुलारा तृतिय हुनु भएको छ । महिला तर्फ प्रोत्साहन स्वरुप पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद चार हजार, दुईहजार र एक हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा कुल १ सय २२ जनाले सहभागिता जनाएका थिए ।

IMG_0112

कुल ८ किलोमिटरको दुरी रहेको खुला हाफ म्याराथन प्रतियोगिता डडेल्धुराको अमरगढी किल्लाबाट सुरु भई तुफानडाडा, किर्तिपुर, रातो गुरास, डकले, रातोगुन, उग्रतारा डकले हुदै रातो गुरास रिसोर्टमा पुगेर समापन भएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

IMG_0113

IMG_0079

IMG_0118

IMG_0122

IMG_0125

IMG_0127

IMG_0134

IMG_0139

IMG_0150

IMG_0155

IMG_0160

IMG_0166

IMG_0171

IMG_0178

IMG_0192

IMG_0194

IMG_0198

IMG_0204

IMG_0206

IMG_0231

IMG_0245

IMG_0266

IMG_0352

तस्विर :आशिष मल्ल 

© Copyright 2016, All Rights Reserved
FM Radio from Dadeldhura or Far Western Nepal
Designed by: Ganesh Thagunna