ON AIR..........

१०५६ विषयमा संशोधन प्रस्ताव

काठमाडौं, साउन १६, २०७४ ।  सात सय ४४ गाउँपालिका र नगरपालिकाको शासन सञ्चालनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा एक हजार ५६ वटा विषयमा संशोधन हुने भएको छ ।

samsodhan_hUZ3mmbQE3संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार पारी मन्त्रिपरिषद्ले स्वीकृत गरेको उक्त विधेयक संसद्मा झन्डै अढाई महिना रोकिएपछि पुनरवलोकन गर्ने क्रममा हजारभन्दा बढी विषयमा संशोधन हुन लागेको हो ।

संसद्को विकास समितिले सोमबारदेखि विधेयकमाथि दुई दिन दफावार छलफल गर्ने भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

© Copyright 2016, All Rights Reserved
FM Radio from Dadeldhura or Far Western Nepal
Designed by: Ganesh Thagunna