ON AIR..........

प्रधानमन्त्री भारत जानुअघि चिनियाँ उपप्रधानमन्त्री काठमाडौं आउने

साउन १६, २०७४ । प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने भएको खबर आजको नयाँ पत्रिकामा छ ।

B5YBT3

उपप्रधानन्त्रीस्तरका शीर्ष नेताले एक सातापछि नेपालको औपचारिक भ्रमण गर्न लागेको परराष्ट्र स्रोतले जानकारी दियो ।

उपप्रधानमन्त्री एवं कृष्णबहादुुर महराको निमन्त्रणामा उपप्रधानमन्त्री झाङ काओ ली नेपाल आउन लागेको बुझिएको छ ।

चीनमा उनीसहित चारजना उपप्रधानमन्त्री छन् । उपप्रधानमन्त्रीहरूमा झाङ काओ ली, लिउ याङ, वाङ याङ र मा काई छन् ।

© Copyright 2016, All Rights Reserved
FM Radio from Dadeldhura or Far Western Nepal
Designed by: Ganesh Thagunna