ON AIR..........

यसरी निकालियो डडेल्धुरामा डोल जात्रा (फोटोफिचर)

बिरेन्द्र जैरु/रेडियो युनिटी ।

डडेल्धुरा, साउन ३१ । डडेल्धुरामा मंगलवार डोल जात्रा निकालिएको छ । बिगतका बर्षमा झै कृष्ण जन्मेको दोस्रो दिन कृष्णको रथ यात्रा निकाल्ने परम्परालाई यस वर्षपनि डडेल्धुराका स्थानिय बासिन्दाले निरन्तरता दिएका हुन् । डोल जात्राले डडेल्धुराको बजार क्षेत्र परिक्रममा गरेको छ ।

कृष्णको यात्रालाई डोल जात्रा भनिन्छ । बिभिन्न मठ मन्दिरमा पुजा गरि भगवान कृष्ण र राधा प्रतिमुर्तिको नित्य नगर परिक्रममा पनि गरिन्छ ।

कंशको अत्याचारले सीमा नाघेपछि उनको नाशका लागि द्धापर युगमा भगवान बिष्णुको नवौ अवतारका रुपमा कृष्ण भगवान जन्मको खुशीमा सदियौदेखि डोलजात्रा निकाल्ने गरिएको छ ।
खासगरि डोल जात्रालाई पनि हिन्दु धर्मावलम्वीहरुले कृष्ण जन्माष्टमी जत्तिकै धुमधामसंग मनाउछन् ।

डोल जात्राको पछाडी एउटा पौराणिक कथा छ । भनिन्छ कुनै समय मेढासुर नाम गरेको एक ठुलो अत्याचारी र शक्तिशाली राक्षस थियो । राक्षस बृन्दाबन बासीहरुलाई बिषेश रुपमा सताउने गर्थ्यो ।

बृन्दाबनबासीहरुले भगवान् श्री कृष्णलाई त्यस अत्याचारबाट मुक्ति दिलाउनहुन अनुरोध गरे पश्चात श्री कृष्णले बृन्दाबनबासीहरुको रक्षा गरेका थिए भन्ने मान्यता रहेको छ ।

त्यसकारण उनीहरुले श्री कृष्णजी को स्वागतका लागी राधिका संग जुलुस निकाले सोही हुनाले आजको दिनलाई हरेक वर्ष भगवान् श्रीकृष्ण र राधिका को जोडीलाई झुलाएर डोल यात्रा गर्ने प्रचलन रहि आएको छ ।

1

8

7

6

5

4

3

2

9

10

11

© Copyright 2016, All Rights Reserved
FM Radio from Dadeldhura or Far Western Nepal
Designed by: Ganesh Thagunna