ON AIR..........

डडेल्धुराका महिलाहरुले देउडा खेलेर मनाए तीज (फोटो फिचर)

डडेल्धुरा, भदौ ८ । आज हरितालिका तीज । डडेल्धुराका महिलाहरुले आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले देउडा खेलेर यसपटककै तीज मनाएका छन् ।

डडेल्धुराको बागरबजारमा रहेको बसपार्कमा नारीहरुले सुदूरपश्चिमेली गीतमा देउडा खेले । उक्त देउडा खेलमा जिल्ला सदरमुकामका महिला र अन्य जिल्लाबाट अध्ययनका लागि सदरमुकाममा बसोबास गर्ने युवतीहरुको सहभागी थियो ।

सचेतना महिला बचत समुह अमगरगढी ५ डडेल्धुरा तथा रेडियो युनिटीको सहकार्यमा आयोजना गरेको खुल्ला डेउडा प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रममा नारीहरुले देउडा खेलेका हुन् ।

सुदूरपश्चिमको देउडा खेलको संरक्षण गर्नको लागि तीजमा खुल्ला डेउडा प्रतियोगिताको आयोजना गरेको सचेतना महिला बचत समूहकी अध्यक्ष पार्वती पनेरुले बताईन् ।

‘अहिले तीजलाई नयाँ पडिले तडकभडक गरेर मनाउँछन् । तर हामीले सुदूरपश्चिमेली भाकामा देउडा लेखेर मनाऔँ, पनेरुले भनिन् अबका वर्षमा पनि तीजमा देउडा खेलेर नै मनाउने आयोजना बनाएका छौँ’ पनेरुले भनिन् ।

उक्त कार्यक्रममा तीजको शुभकाना व्यक्त गदै अमरगढी नगरपालिका प्रमुख विशेश्वर प्रसाद ओझाले तीजमा देउडा प्रतियोगिताको आयोजना गर्नु राम्रो कुरा भएको बताएका छन् ।

IMG20170824133242

सुदूरपश्चिमेलीहरुका चिनारी देउडा खेलको आयोजना गर्नाले यो खेल लोप हुनबाट जोगिने उनले धारण व्यक्त गरेका थिए । साथै आगामी दिनमा पनि यस्ताका कार्यक्रमको आयोजना गर्न पनि उनले सुझाव दिएका थिए ।

सोही कार्यक्रममा बल्दै रेडियो युनिटी ९२.२ मघाहर्जका संचालक समिति अध्यक्ष मुकेश भट्टले नेपालमा पश्चिमी संस्कृति भित्र्न लागेको भन्दा यसमा हामीले ध्यान दिनु पर्ने बताएका छन् । तीज, होली दशैमा पश्चिमी संकृति भित्रीन लागेको भन्दै यो संस्कृती भित्रिन नदिन सबै पक्षले यसमा चलाको भएर लाग्नु पर्ने धारण व्यक्त गरेका थिए ।

IMG20170824131005

साथै उनले यस्ता किसिमका कार्यक्रमको आयोजनाले केही भए पनि संकृति जर्गेनामा टेवा पुग्ने भन्दै रेडियो युनिटी यस क्षेत्रको डोटेली भाषा, भेषभुसाको संस्कृति संरक्षण गर्न सहकार्य गर्न तयार रहेको बताएका छन् ।

IMG20170824133805

IMG20170824132108

Deuda 1

Deuda 2

Deuda 3

Deuda 4

Deuda 5

Deuda 6

Deuda 7

Deuda 8

Deuda 9

Deuda 10

Deuda 11

Deuda 12

Deuda 13

Deuda 14

Deuda 15

Deuda 16

Deuda 17

Deuda 18

Deuda 19

© Copyright 2016, All Rights Reserved
FM Radio from Dadeldhura or Far Western Nepal
Designed by: Ganesh Thagunna