ON AIR..........

पानीले छेकेन देउडीयाको मन, छाता ओडेरै खेले देउडा (फोटोफिचर)

बिरेन्द्र जैरु/रेडियो युनिटी ।
डडेल्धुरा, भदौ १६ । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा डडेल्धुरा सदरमुकाम वसपार्कमा संचालन भईरहेको राष्ट्रिय गौरा महोत्सवको दोस्रो दिन सहभागीहरुले छाता ओडेरै देउडा खेलेका छन् ।

शुक्रवार बिहान देखि अपरान्ह् ४ वजे सम्म लगातार वर्षा भएपनि उनीहरुले देउडा खेल्न भने छोडेनन् । आफ्नो परम्परागत संस्कृतिको जर्गेना गर्ने उद्देश्यले उनीहरु छाता ओडेरै देउडा खेलेका हुन् ।

बिहिबार देखि सुरु भएको गौरा महोत्सवमा देउडा खेलमा सहभागी पाटन नगरपालीका वडा नं १० बैतडीका देउडीया भास्कर दत्त पन्त भने ‘गौरा हाम्रो महान पर्व हो, पानी परे हामिले वसपार्कमा जमात बनाएर छाता ओडेरै देउडा खेल्यौ’ । भोली मौषमले साथ दिए अझै हर्षोउल्लासका साथ देउडाखेलमा भाग लिने देउडीया पन्तले बताए ।

यस्तै देउडा खेलमा सहभागी मेलौली नगरपालीका वडा नं १ बैतडीका देउडीया तारा चन्दले वर्षा भएपनि देउडा संस्कृतिलाई निरन्तरता दिनका लागी आफुहरुले छाता ओडेरै देउडा खेलेको बताए ।  ‘देउडा मार्फत हामीले एक अर्काको सुख ः दुख बाड्यौ, पानीले हामीलाई केही पनि प्रभाव पारेन’ उनले भने ।

देउडा खेलमा सुदुरपश्चिमेली युवा, बृद्धबृद्धा, पुरुष तथा महिलाहरुको सहभागीता थियो । महिलाहरुले पनि वर्षाको कुनै प्रवाह नगरी बोलोनाच, फाग जस्ता कार्यक्रमहरु प्रर्दशन गरेका छन् ।

विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले ‘राष्ट्रिय गौरा महोत्सव २०७४’ गरेको हो । बिहिवार देखि सुरु भएको गौरा महोत्सव १८ गते सम्म संचालनमा रहने आयोजकले जनाएको छ । उक्त महोत्सवमा गौरा नाच, फाग सहित चैत हुड्केली, बालोनाथ घुईचम्फा, अठेवाली जस्ता कार्यक्रमहरु हुने आयोजक राधाकृष्ण मन्दिर बिकास समितिका अध्यक्ष देवराज भट्टले जानकारी दिए ।

IMG20170901161617

IMG20170901160749

IMG20170901161329

IMG20170901161419

IMG20170901161425

IMG20170901161614

IMG20170901161623

IMG20170901161633

IMG20170901161708

IMG20170901161852

IMG20170901160647

IMG20170901161855

© Copyright 2016, All Rights Reserved
FM Radio from Dadeldhura or Far Western Nepal
Designed by: Ganesh Thagunna