ON AIR..........

जसलाई मारेको आरोपमा ८ वर्षदेखि लुकिरहेका थिए उही जिउँदै भेटिएपछि

एक महिलाको हत्याको आरोप लागेका ६ जना अभियुक्तहरु ८ वर्षदेखि लुक्दै हिँडिरहेका थिए । प्रहरीबाट बच्न लुकिछिपी हिँडिरहेका उनीहरु त्यतिबेला छक्क परे जब ती महिला जिउँदै भेटिइन् ।

Untitled-75 भारतको बिहार बैशालीको जंदाहा भन्ने ठाउँकी माला कुमारी रायको हत्याको अभियोगमा उनका पति र अन्य पाँच जना लुकिछिपी बसिरहेका थिए । मृत्यु भएकी भनिएकी महिला मालाका पिता शंकर रायले मालाका परिवारका ६ जनाविरुद्ध आफ्नी छोरीको हत्या गरेको भन्दै ८ वर्षअघि किटानी जाहेरी दिएका थिए ।मालाका पिता शंकरका अनुसार मालाको २००८ मा सकिन्द्र रायसँग बिहे भएको थियो । सकिन्द्रको यसअघि पनि विवाह भइसकेको थियो र मालाको यो दोस्रो बिहे थियो । बिहेपछि सकिन्द्रका परिवारले आफूसँग दाइजोस्वरुप पाँच लाख रुपैयाँ मागेको शंकरले दावी गरेका थिए । आफू पैसा दिन तयार हुँदाहुँदै सकिन्द्रको परिवारले छोरी मालालाई यातना दिन थालेको र २००९ मा उनको हत्या गरेर लाश गायब पारेको शंकरले आरोप लगाएका थिए ।

अहिले गोप्य सूचनाका आधारमा प्रहरीले मालालाई अर्का पनि सुरेन्द्रसँग पक्राउ गरेको जनाएको छ । प्रहरीले पहिले आरोप लागेका ६ जनाविरुद्ध अदालतमा फरार अभियुक्तको रुपमा पक्राउ गर्न आदेश लिइसकेको छ । अहिले प्रहरीले मालालाई पक्राउ गरी अदालत पेश गरेको छ । आरोपी ६ जना भने अझैसम्म फरार रहेको बताइएको छ । – डिसी नेपाल बाट

© Copyright 2016, All Rights Reserved
FM Radio from Dadeldhura or Far Western Nepal
Designed by: Ganesh Thagunna