मृत्यु भएको भनिएका आफ्ना बाबु माग्दै गरेको भेटिएपछि

Radio Unity

रोचक

 साउन ११ – हवाईको ओहाउ भन्ने ठाउँमा बस्दै आएकी ३२ वर्षीया डायना किम सानो छँदै आमाबुबाबाट अलग भएकी थिइन् । त्यसबेलादेखि उनले कहिल्यै आफ्ना पितासँग भेटेकी थिइनन् । पछि उनलाई उनीहरु मरिसकेको खबर समेत आएको थियो ।

तर, एकदिन अचानक सडकको किनारा फोहोरको थुप्रोमा भिख मागिरहेका भिखारीलाई देखेपछि डायना आश्चर्यमा परिन् । ती भिखारीलाई देखेर उनी रुन थालिन् ।

डायना फोटोग्राफर र स्वयंसेविका हुन् । उनी आफ्ना पितासँग बस्दा उनको पनि फोटो स्टुडियो थियो । पिताबाटै फोटोग्राफी सिकेकी डायनाले यतिका समयसम्म केही खबर पाएकी थिइनन् ।

जीवनमा डायनाले सङ्घर्ष गर्नुपर्‍यो । कहिले उनी पार्कमा सुत्ने गर्थिन् भने कहिले साथीको घरमा । धेरै कठिन परिस्थितिपछि मात्र उनी कलेज जान सक्ने भइन् । कलेजकै एउटा प्रोजेक्टमा काम गर्ने क्रममा उनी होनोलुलु भन्ने ठाउँमा पुगिन् । उनी सामाजिक कार्यमा संलग्न थिइन् । उनी घरबारविहीन र साहरा नपाएका मानिसहरुको मद्दत गर्ने काममा जुटेकै बेला सडकको किनारा चिनेको जस्तो अनुहार देखेपछि उनी पहिले त आश्चर्यमा परिन् ।

फाहोरको थुप्रोमा भेटिएका ती व्यक्ति अरु कोही नभई उनकै पिता थिए । यति धेरै वर्षपछि पितालाई त्यस्तो हालतमा पाउँदा उनी स्तब्ध भइन् । उनको आँखाबाट आँसु झर्न रोकिएन । तर, यतिका वर्षपछि आफ्नी ठूली भइसकेकी छोरीलाई पिताले भने चिन्न सकेनन् । खुसी थाम्न नसकेकी डायनाले धेरै बिन्ती गरेर आफ्ना पितालाई घर लगिन् ।

पत्नीसँग विछोड भएपछि घरबाट निकालिएका डायनाका पिता त्यस बेलादेखि सडकमै बस्दै आएको उनले पत्ता लगाइन् । उनले दुवैको तस्बिर सामाजिक सञ्जालमा पनि पोष्ट गरिन् । उनीहरुको मिलनले धेरैको मन छोयो । मृत्यु भइसकेको भनेर अनाथको जीवन बाँचिरहेकी डायनाको अचानक आफ्ना पितासँग पूर्ण भेट भएकाले अहिले उनको खुसीको सीमा छैन । अहिले उनीहरु सँगै बसिरहेका छन् । – gorkhalikhabar