ON AIR..........

यी बिच्छीको विष १ अर्ब १० करोड रुपैयाँ लिटर पर्छ

संसारमा सबैभन्दा महंगा तरल पदार्थमध्ये एक बिच्छीको विष हो । यसको १ लिटरको मूल्य साढे १० मिलियन डलर पर्छ जसको नेपाली रुपैयाँ झण्डै १ अर्ब १० करोड हुन आउँछ ।

RDESController-190x122

लेइरस क्वेंक्सट्रेटस प्रजातिका यी बिच्चीको विषको औषधी विज्ञानमा निकै ठूलो योगदान छ । टेल अभिभ विश्वविद्यालयका प्राध्यापक माइकल गुरेभिचका अनुसार यी बिच्छीको विष कैयौं मेडिकल अनुसन्धान र उपचारका लागि प्रयोग हुन्छ । यी बिच्छीको विषयमा केही यस्ता तत्वहरु छन् जो पीडानाशक औषधीको रुपमा उपयोग हुन्छन् । २०१३ मा प्रकाशित फ्रेड हकिन्सन क्यान्सर रिसर्च सेन्टरको रिपोर्टका अनुसार यी बिच्छीको विषबाट क्यान्सरजस्तो प्राणघातक रोग पनि रोक्न सकिन्छ ।

रिपोर्टका अनुसार विषमा भएका केही तत्वले क्यान्सरको कारक कोषहरुलाई बन्न दिँदैनन् । अंग प्रत्यारोपणमा पनि यो विष उपयोगी हुन्छ । कैयौं पटक शरीरमा नयाँ अंग प्रत्यारोपण गर्दा शरीरको प्रतिरक्षा प्रणालीले त्यो अंगलाई अस्वीकार गर्छ यस्तो अवस्थामा यो विषयको केही तत्वमा सिंथेटिक परिवर्तन गरेर शरीरमा पठाउँदा त्यसले सिधै शरीरको प्रतिरक्षा प्रणालीमा काम गर्छ जसले शरीरले अंग अस्वीकार गर्ने सम्भावना कम हुन्छ । शरीरमा हुने हड्डीको समस्यामा पनि यो विषय उपयोगी हुन्छ । यसले हड्डी घोटिने प्रक्रियालाई घटाउँछ । २०११ मा क्युबाका एक व्यक्तिले आफैंलाई बिच्छीले टोकाउने र यसले शरीरको पीडा हराउने दावीसमेत गरेका थिए ।

यी बिच्छीको विष निकाल्ने प्रक्रिया भने निकै जटिल छ । विष निकाल्नको लागि यी बिच्छीलाई विशेष प्रयोगशालामा करेन्ट लगाइन्छ । जसका कारण उनीहरुको विषय दाँत (डंक)मा आउँछ । यसलाई कुनै भाँडोमा सुरक्षित राखिन्छ । तर यो प्रक्रिया निकै जटिल छ । एक बिच्छीबाट बढीमा ३ थोपामात्र विष निकाल्न सकिन्छ । यस्तोमा एक लिटर विषको लागि हजारौं बिच्चीको आवश्यकता पर्छ । जटिल प्रक्रिया र दुर्लभ बिच्छी भएकै कारण यसको विषय निकै महंगो छ । युनिभर्सिटी अफ मेरिल्याण्डका बैज्ञानिकले यही विषबाट औलोको खोप बनाउने तयारी गरिरहेका छन् । यसको अन्य उपयोगबारे अनुसन्धान भइरहेको छ । – एजेन्सी।

© Copyright 2016, All Rights Reserved
FM Radio from Dadeldhura or Far Western Nepal
Designed by: Ganesh Thagunna