जहाँ लाग्छ युवतीको हाटबजार, रकम तिर्नुस् दुलही बनाएर लैजानुस्
Radio Unityरोचक
संसारका कतिपय स्थानमा यस्ता बजार पनि छन्, जुन अलग विशेषताका कारण चिनिएका छन् । तर, के तपाईले कहिल्यै ब्राइड मार्केका बारेमा सुन्नु वा पढ्नु भएको छ ? जहाँ नवविवाहिता दुलही विक्रीका लागि राखिन्छ र यो बजारमा दुलही विक्री हुन्छन् । हो, बुल्गेरियामा स्टारा जागोर नामक स्थानमा हरेक तीन वर्षमा एकपटक बेहुलीको व्यापार हुने गर्दछ ।
यहाँ आएर बेहुलाले आफूलाई मन परेको बेहुली किनेर उसलाई आफ्नो श्रीमती बनाउन सक्दछ । यो मेला यस्ता गरिब परिवारले लगाउँछन्, जसको आर्थिक अवस्था नाजुक हुन्छ र छोरीको विवाहको खर्च धान्ने अवस्था हुँदैन ।
यो बजारमा भर्जिन टिनएजर्स किशोरीको सबैभन्दा बढी माग रहन्छ । यो ब्राइड मार्केटमा युवाहरु खुलेआम एकसे एक युवतीहरुसँग समय बिताउँछन्, जबसम्म उनीहरु कुनै युवतीको सुन्दरता र खुबीबाट प्रभावित भएर आफ्नो बेहुली बनाउँदैनन् ।
यो ब्राइड मार्केटमा विवाहका लागि ल्याइने युवतीहरुलाई बेहुलीको पहिरनमा सजाएर ल्याइन्छ । आफूप्रति युवक आकर्षित गर्न युवतीहरु भड्किलो पहिरन र मेकअप गरेर पुग्छन् । यहाँ विक्री हुने बेहुलीमा करिब करिब सबै उमेरका युवती र महिला सामेल हुन्छन् । तर, अधिकांश टिनएजर्स युवतीको संख्या हुने गर्दछ ।