डडेल्धुरा, चैत ४ । डडेल्धुराका केही स्थानीय तहका प्रमुखहरुले विकास वजेटलाई आफ्नो पेवाधन सम्झेर ‘व्रहमलुट’ मच्चाइरहेको राप्रपा डडेल्धुराले आरोप लगाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति डडेल्धुराले आइतबार एक प्रस विज्ञप्त जारी गर्दै स्थानीय तहका प्रमुखहरुले विकास वजेटलाई आफ्नो पेवाधन सम्झेर ‘व्रहमलुट’ मच्चाइरहेको आरोप लगाएको हो ।
‘स्थानीय तहको समृद्धिका लागि आएको रकमलाई रचनात्मक ढंगले परिचलन गर्ने सुशासनका लागि कृयाशिल हुनु पर्ने स्थानीय तहका प्रमुखहरु नै वजार दरभाउभन्दा वढी मूल्यमा मसीन औजार, फर्निचर खरीद गर्ने, डोजरमालिकको अनुकलतामा सडक निर्माण गर्ने, अनुत्पादक क्षेत्रमा लागानी गरी वजेट सक्ने, स्थानीय स्तरमा कसैले विरोध गर्दा पाँच वर्ष हाम्रो चल्छ भन्दै धम्क्याने गरेको व्यापक जनगुनासो आएको र डडेल्धुराका केही स्थानीय तहका प्रमुखहरु विकास वजेटलाई आफ्नो पेवाधन सम्झेर व्रहमलुट मच्चाइरहेको तितो यर्थाथता प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।’ राप्रपा जिल्ला अध्यक्ष टेकराज पनेरुद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
जनताले दिएको अभिमतलाई व्यवस्था गर्दै नैतिकतालाई वन्दधकी राखेर विकास वजेटमा चाँदी कटाइ नगर्न सबैलाई राप्रपाले विज्ञप्ती मार्फत सचेतसमेत गराएको छ ।
विभिन्न शीर्षकमा स्थानीय तहमा भइरहेको भ्रष्टाचार नरोकिए सशक्त प्रतिकारमा उत्रिने समेत उसले चेतावनी दिएको छ । स्थानीय तहमा भइरहेको अनियमितता रोक्न आ–आफ्नो पार्टीबाट निर्वाचित प्रतिनिधिहरुलाई सचेत गराउन सबै राजनितिक दलहरुलाई राप्रपाले अनुरोध समेत गरेको छ ।
