डडेल्धुरा साँस्कृतिक मेला यसरी सम्पन्न भयो, हेर्नुस् १४ फोटो

Radio Unity

फोटो ग्यालरी

काश पार्की/रेडियो युनिटी  ।

डडेल्धुरा, चैत २४ । डडेल्धुरामा संचालित ‘डडेल्धुरा साँस्कृतिक मेला २०७४’ सम्पन्न भएको छ । कोसेली फिल्म्स प्रा.लि.काठमाडौँको आयोजनामा शुक्रबारदेखि सुरु भएको मेला शनिबार सम्पन्न भएको हो ।

मेलाको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले एक कार्यक्रमकाबीच समापन गरेका हुन् । समापन कार्यक्रममा मेलालाई सम्पन्न गर्नको लागि सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई सम्मन पत्र समेत प्रदान गरिएको थियो ।

नयाँ वर्ष २०७५ को अवसर पारी ‘बाल विवाहको अन्त्य गरौं’ ‘समग्र डडेल्धुरा जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोक कला सँस्कृति संरक्षण र प्रवद्र्धनका लागि’ भन्ने नाराका साथ साँस्कृतिक मेला आयोजना गरिएको थियो ।

जिल्ला सदरमुकामको महेन्द्र माविको प्राङ्गणमा संचालन भएको मेलाको अन्तिम दिन आज नेपालकै चर्चित अभिनेत्री रेखा थापा प्रस्तुती रहेको थियो । उनले बाल विवाह अन्त्य गर्नमा सबैले एकजुट भएर अगाडि बढ्नु पर्ने बताइन् । यस क्षेत्रमा रहेको बाल विवाह र छाउपडी कुप्रथा अन्त्य गर्नु पर्नेमा उनको जोड थियो । साथै उनले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका छन् ।

यस्तै साँस्कृतिक मेलामा चर्चित डेउडा गायक भोजराज भट्ट, लोक गायक सौगात ओझा, मोडल तथा गायक चक्र बम, लोक तथा डेउडा गायक सूर्य विरही साउँद, डेउडा गायिका पुष्पा बोहरा, गायक जनक ताम्राराकारको प्रस्तुती रहेको थियो । साथै डिफ्युज डान्स गु्रपले नृत्य समेत प्रस्तुत गरेको थियो ।

हेर्नुस् बाँकी तस्वीर :

तस्वीर : आशिष मल्ल/रेडियो युनिटी  ।