
धन्यइ हो भीमदत्त पन्त तमरो, कामको बयान क्याँ गरुँ
यइ धर्तीका सुपुत्र तम एक, हौ भण्या सोच्यौ बरुँ
कारिगाउँ ब्रह्मकुल सरस्वतीजीका, कोखबाट जन्मीगया
तारानाथ पिताजीका ममताले, परिवारमा पालिया
अक्षरसुद्घि नानोबणो तमले, शिक्षा घरैहै लिया
भणइबठै नानाछँया साथीनसिततम, बोल्या सहासि थिया
नान्काइछँया ततिबेला चलन, ब्याउबरत अरि दियो
पड्डाइलाई भारतको सिहाइ भण्या, ठाउँमा पठाइ दियो
ठूलबाबासँग बसीतमले, प्रथममा पढाइ अ¥या
पिताजि मरिया सुणेर भीमजी, फर्कि घरैमा आया
काजकृया बर्षिकी अरिबर, आजितिन पड्डाइ गया
मध्यमा सम्म पणि ताइबठै, भारत आन्दोलनमा लाग्या
७. गान्धीजी लगायत कति, नेताजि सँगै रइ
भारत आन्दोलनमा लागी गया, निडर बढ्ताइ भइ
आन्दोलनमा पगडीबर, केइदिन नेलमा रया
भारत स्वन्त्र भयापछा, नेपालमा तिन आया
सात सालको आन्दोलनमा खुसी भइ, तनलै तसैमा लाग्या
पार्टीसब एकहट्टा होइबर, क्रान्ति सफल पाणी दिया
प्रजातन्त्र आयो भणीबर जन्ता, सबै खुस भया
ठालुनको रजाइबठै गरिबनिमुखा, जसाका तसाइ रया
इसिकुरणी चित्त नबुजिबर, तमले नया सोच लिया
थारु मगरलगायत बर्गसबको, किसानसँघै खोल्या
ब्याजको स्याज लिएर गाउँघरमा, शोषण गरिबको धेक्या
आफ्नाइ घरबठै सुरुअरि सामन्तीसेटका, तमसुक पोलिदिया
गाउँघरबठै हतियार जतिथ्या, एकहट्टा पाणिलिया
चापचुप जिल्ला बडाहाकिम सहित, कब्जातमइले अ¥या
माहातारी स्वानी मुल्यामुलि, बरबट्ट छाणीघर
गरिबलाइ हसाइ ठालुसब, कमाइदिया थरथर
दलित महिलामा गर्वरयो, ठालुका चेला जब
ठुलाइबामन बोलाइबर पानीपतिया, अरायो तिनले तब
सुनी जाणी तिनले घटलथान, सभा बोलाइदियो
जयदाशखी ठालु बमना अगाडि पानीराखाइ, आफू पइली पियो
तिनरो त्यो भिसण काम देकीबर, ठालू र बामन ड¥या
सभामा जति मान्सन थिया, उठिबर हिट्टाइ लाग्या
पइली पहाणका मान्सन नूनगुण, ल्याउथ्या बरम देउहै
नूनगुण बन्दअरि दियो भणीसुणी, दउणी गया तिन ताहै
पुगी बरमदेउ नूनगुण तिनले, दुनियाँ सबै बाणी दियो
बोराहाली धनडिठ्ठा र जोगराज, काली बगाइदियो
ताहै फौजसहित हिँटीबर, बेलौली कब्जा अ¥यो
धनगढीगै केइकुरा सुणीबर, मलास बाटो फे¥यो
केइदिन मलास तिर तिनले, भूमिगत भइ बसी दियो
सरकारी तरफबठै तिन ज्यूँका त्यूँ, पगड्या जाहेरी भयो
जिल्लाबडा हाकिम ठालुहरुले, माद्या प्रपञ्यै रच्यो
लाल्या थापो मित तिनरो फौजसहित, एकफौज तिनले भेज्यो
हामलगइ भीमदत्ता सेना हुँ भणीं, गल्लेक तिनलै पुग्या
लाल्या थापो मित हुन भणी, भीमजी भया घर पुग्यो
धेकाउन्या भितरगइ मान्स आइ¥यान, भीमदत्तथाइ भण्यो
को मान्स हुन भणीं सोद्याँ, मित हुन तमरा भण्यो
तसाइझटपट बाइर आइबर, थापा तिनले धेक्यो
कालरुपी थापा दुष्टणृष्ट जनले, बन्दुक छातीमा ठोक्यो
हे राम हे कृष्ण दयानीधे, यो काल कहै जुट्यो
धन्य मुर्दन्य महापुरुषका, मुखबाट वाणी छुट्यो
किसान संगठन सधै भरी, रहोस् जिन्दावाद
ठालु साम्नती तगुलाम सहित, सदान भया मुर्दावाद
भण्ना भण्नाइ बोल्या तनरो, परमात्मामा मिल्यो
मारिया भीमदत्त पन्त भणी, समतार कुरो चल्यो
गरिब किसान सबजनका, रोइबासी घरघर चली
सामन्तसब ठालुहरुका, भरफर घरघर भली
छाती पिटी गरिब रोयाँ, निस्टुरी ईश्वर भणी
सामन्तीठालु दखाआब भणी, तिनरो रायाँ सुणीसुणी
हे…! छाउना गोली ठोक्याँ कसो भइ हो, भणीबर आमा रोइन्
हे स्वामी भणीबर छातिपिटी तिनरी, स्वानी लइ रुँन्थिन
पठकवर्ग हो उज्याँ, यो भूमि भइहो कसो ?
राजा वीरेन्द्र मर्याँ देशमा भयाँझो, यइ ठाउाँमा लइ भयो तसो
ढण छाणीं मुन्डो भीमजीको, खलंगा मगाइ लियो
हानाहानमा म¥या हो भणीबर, पत्रोत्तर पठाइ दियो
झपझप अद्दारौँ बागकोझो मुख तिनरो, बाँसमइ झुण्याइ दियो
ठालुको विरोध अद्या इसो हुन्छ भण्या, तिनरो त आसय थियो
समजा लेखा ज्यान दिन्या पुरुषको, कासम्म बर्णन अरुँ
सच्चा श्रद्धाञ्जली दिनाउँ भण्याँ, अद्दाउ भण्या झो बरुँ
पुनर जन्म हुन्याँ भयाँ हे भीमजी, यइ ठाउँ जन्मइ लिय
भ्रष्ट नीति हटाइ दलबल सबलाई, सुशासन सिकाइ दिय
श्रद्धाञ्जली युगल पाउमा अरपण, दुई हात मेरा जोणी
यइ धर्ती रयाँसम्म अमर भयाँ, एण्डी र भीमकी जोणी।
लेखक : जयराज पन्त भागेश्वर गाउँपालिका– ४ बगरकोट, डडेल्धुराका सेवा निवृत शिक्षक हुन् ।