ON AIR..........

ब्लग

चिनी खाँदै हुनुहुन्छ ? गुलियो चिनीको तीतो असर थाहा पाउनोस्

काठमाण्डौ माघ १४ – जब चिनीको भाउ आकासिन्छ वा बजारमा अभाव हुन्छ, त्यसले गृहणीमा चिन्ता पैदा गर्छ । उनीहरुलाई लाग्छ, ‘चिनी पाइएन भने कसरी मीठा परिकार बनाउने ?’ चिनी महंगो हुँदा भोजभतेर खल्लो हुने भयो भन्ने गुनासोहरु पनि बेलाबखत सुनिन्छ । सही हो, चिनी स्वादिलो हुन्छ । गुलियो हुन्छ । तर, जिब्रोको लागि गुलियो चिनी […]

महाभारतकी कुन्ती–७

काठमाण्डौ माघ ११ – हाम्रो परिवारको जन्म प्रक्रिया वास्तवमा अचम्मको नै देखिन्छ र त्यो प्रक्रियामा स्वयम् म पनि परेकी छु । म त दैवी तरिकाले जन्मेकी होइन, कोही देवता वा देवीका तर्फबाट जन्मेकी पनि होइन तर मेरा कोखबाट जन्मेकाहरुलाई भने त्यस्तो भन्न सकिने अवस्था रह्यो । गान्धारी दिदी पनि त्यसरी जन्मेकी होइन क्या रे तर […]

अनि मैले काठमाडौं छाडें

काठमाण्डौ माघ १० – म मात्र हैन गाउँघरका मान्छे जसलाई २, ४ गाउँका चिया पसल यहि हो सबै भन्दा ठूलो बजार लाग्छ । गाडीको नाम सुनेको छ तर देखेको छैन । काठमाडौं शहर भनेर किताबमा पढेको छ तर सदरमुकाम पनि देखेको छैन । उनीहरुको लागि पनि काठमाडौं कस्तो होला ? त्यो ठाउँमा जान पाए, बस्न […]

स्वस्थानी व्रतकथा भित्रका केही पाटा

काठमाण्डौ माघ ८ – ‘यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुत: स्तुन्वन्ति दिव्यै: स्तवै’ … म कनीकुथी पढ्न सुरु गर्थें । आमा किताब नै नहेरी लय मिलाएर श्लोक भन्नुहुन्थ्यो । हामी कसैलाई पनि आमाले क, ख पनि सिकाउनु भएन । त्यसैले हामीलाई कहिल्यै लागेन आमा पढ्न जान्नुहुन्छ । स्वस्थानी वाचनको सुरुवातमा वा अन्त्यमा भन्नुपर्ने श्लोकमा जब मेरो जिब्रो […]

ट्वीटरमा बेतुकको बहस

काठमाडौं, माघ ५ – आइतबार बिहानै मोबाइल बज्यो मेरो दाहिने हात सिरक भित्रैबाट बिस्तारै निकालेर सिरानीतिर रहेको मोबाइल समात्न पुग्छ । जाडोले सिरकबाट टाउको बाहिर निकाल्ने आँट आउँदैन तर पनि घण्टी बजिरहेपछि मोवाइल तानेर सिरकभित्रै हेर्ने प्रयास गरेँ । कलिङ …, आस्था राउत सिरक भित्रैबाट फोन रिसिभ गरें हेलो…. हेलो…. भन्दा नै उनले स्वरबाट मेसो […]

राप्रपा मोटाउँदैछ कि सुन्निँदैछ ?

 काठमाडौं, माघ ५ –  दोस्रो संविधानसभाको चुनावी परिणामले प्रत्यक्षमा शून्य सीट जिते पनि समानुपातिकतर्फ २५ सिट जितेर संसदको चौथो ठूलो दल बनेको राप्रपा नेपाल अहिले राप्रपा बनिसक्दा देशको वैकल्पिक शक्ति बन्ने आँकलनहरु हुन थालेका छन् । राप्रपामा प्रवेश गर्नेहरुको लहर बढेको छ । लोकगायिका कोमल ओली, नायिका रेखा थापादेखि दीपक मनांगेसम्मको राप्रपा प्रवेशलाई राप्रपामा आएको […]

गर्भको छोरी तुहाउने, चाडबाडमा चेली चाहिने ?

काठमाण्डौ पौष २६ – एक सहकर्मी गर्भवती थिइन् । उनलाई डाक्टरले बडादशैंको फूलपातीको दिन आमा बन्ने समय तोकिदिएका थिए । उनी भने आफ्नै खालको पिरलोमा थिइन् । उनी भगवानसँग पूकारा गर्थिन्, ‘मेरो पहिलो बच्चा छोरा नै होस्, छोरी जन्मियो भने त फेरि अर्को बच्चा जन्माउनैपर्छ ।’ काठमाडौंको पढेलेखेको परिवारकी बुहारी भए पनि परिवारमा नातिकै चाहना […]

मैले सासूको खुट्टा किन ढोग्ने ?

काठमाण्डौ मंसीर २७ – संस्कारगत हिसाबले महिला हेपिएको बारेमा एक पुरुष मित्रसँग केही समयअघि चर्काचर्की चल्यो । मित्रले चर्को स्वरमा भने, ‘नेपालको धर्म र संस्कारले महिलालाई कसरी हेपेको छ ? महिलालाई माथि उठ्न कसले रोकेको छ ? उनीहरु त आफ्नो सोचाइ नै तल्लो स्तरको भएकोले आफैं दबिएका हुन् !’ मैले प्रतिवाद गर्दै भनेँ, ‘धर्म-संस्कार अनि […]

नर्सिङको महत्व कहिले बुझ्ने ?

काठमाण्डौ मंसीर २६ –  नर्स एक सहनशिल, कर्तब्यनिष्ठ, शैक्षिक रुपमा योग्य र स्वास्थ्य क्षेत्रको लागि एउटा जिम्मेवार र उत्तरदायी व्यक्ति हो । जुनसुकै तहको स्वास्थ्य संस्था भएपनि नर्स बिना पूर्ण हुन सक्दैन । तर पनि यो पेशा सम्मानजनक पेशाको रुपमा स्थापित हुन सकिरहेको छैन कि भन्ने भान हुन्छ्र नर्सहरुलाई । नर्सलाई केवल एउटा डाक्टरको असिस्टेन्टको […]

के जनजातिले मात्रै जातीय कुरो गर्छन् ?

काठमाण्डौ मंसीर २५ – नेपालको राज्यसत्तामाथि बारम्बार एउटा आरोप लाग्दै आएको छ । त्यो के भने राज्यले अहिलेसम्म निरन्तर खस आर्यलाई मात्र विशेषाधिकार र समृद्धि प्रदान गर्‍यो । संविधान ०७२ मा खस आर्यको परिभाषा र उनीहरुका लागि अनुकुल व्यवस्थाहरु हेर्दा यथार्थमा यो आरोपलाई बल पनि मिलेको छ । के प्रमाणित भएको छ भने नेपाल एकीकरण […]

© Copyright 2016, All Rights Reserved
FM Radio from Dadeldhura or Far Western Nepal
Designed by: Ganesh Thagunna